०४ असार २०८३, बिहीबार

होटलको कोठामा अनौठो गन्ध आएपछि सोधखोज गर्दा खुल्यो खतरनाक रहस्य

बैशाख २४, २०८०
होटलको कोठामा अनौठो गन्ध आएपछि सोधखोज गर्दा खुल्यो खतरनाक रहस्य

तिब्बतको एउटा होटलमा पुगेका पर्यटकको कोठमा अनौठो गन्ध आएपछि उनलाई अर्को कोठामा जान भनिएको थियो । 

ती पर्यटक कोठामा आधा दिन जति बसेका थिए । कहाँबाट गन्ध आयो भनी उनी छक्क परिरहेका थिए । उनले तल बेकरीबाट वा आफ्नै पाइतालाबाट गन्ध आएको हो कि भनी शंका गरेका थिए । 

तर त्यो खाटमुनि रहेको लाशको गन्ध रहेछ । 

चाङ भनी चिनाइएका ती पर्यटक अप्रिल २० मा तिब्बतको ल्हासास्थित प्रख्यात होटलमा बसेका थिए । 

होटलमा शुरूमा एउटा कोठमा बसेका उनी पछि अर्कोमा सारिएका थिए । पछि प्रहरी अधिकृतहरूले उनलाई पहिलेको कोठामा पुनः बोलाउँदा उनले गन्धको स्रोत पत्ता लगाएका थिए । 

‘मैले उनीहरूलाई के भयो भनी सोधेको थिएँ । उनीहरूले कोही मरेको भने । अनि मैले कहाँ भनी सोधें । उनीहरूले तपाईंको खाटमुनि भने,’ शाङ्यु न्युजले खबर दियो । 

प्रहरीले हत्याको अनुसन्धान थालेको छ तर चाङलाई आरोपित बनाएको छैन किनकि त्यो लाश उनी त्यस कोठामा आउनुभन्दा धेरै दिन अघिदेखि थियो । 

यस घटनालाई चीनमा व्यापक कभर गरिएको छ । 

पछि तिब्बतबाट २ हजार किलोमिटर टाढा लानचाउ शहरमा एक आरोपित व्यक्तिलाई ट्रेनमा पक्राउ गरिएको थियो । 

प्रहरीलाई अनुसन्धानमा सघाएलगत्तै आफू तिब्बतबाट हिँडेको चाङले बताए । 

तर उक्त घटनाले आफूलाई स्तब्ध बनाएको र सुत्नै गाह्रो परेको उनको भनाइ छ । 

‘म बिहान २ वा ३ बजेसम्म जागै हुन्छु र छिसिक्क केही भयो कि उठिहाल्छु,’ उनले बताए, ‘यसले मेरो मानसिक स्थिति गडबड बनाएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्