×

NMB BANK
NIC ASIA

होटलको कोठामा अनौठो गन्ध आएपछि सोधखोज गर्दा खुल्यो खतरनाक रहस्य

बैशाख २४, २०८०

NTC
Premier Steels

तिब्बतको एउटा होटलमा पुगेका पर्यटकको कोठमा अनौठो गन्ध आएपछि उनलाई अर्को कोठामा जान भनिएको थियो । 

Muktinath Bank

ती पर्यटक कोठामा आधा दिन जति बसेका थिए । कहाँबाट गन्ध आयो भनी उनी छक्क परिरहेका थिए । उनले तल बेकरीबाट वा आफ्नै पाइतालाबाट गन्ध आएको हो कि भनी शंका गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर त्यो खाटमुनि रहेको लाशको गन्ध रहेछ । 


Advertisment
Nabil box
Kumari

चाङ भनी चिनाइएका ती पर्यटक अप्रिल २० मा तिब्बतको ल्हासास्थित प्रख्यात होटलमा बसेका थिए । 

Vianet communication

होटलमा शुरूमा एउटा कोठमा बसेका उनी पछि अर्कोमा सारिएका थिए । पछि प्रहरी अधिकृतहरूले उनलाई पहिलेको कोठामा पुनः बोलाउँदा उनले गन्धको स्रोत पत्ता लगाएका थिए । 

‘मैले उनीहरूलाई के भयो भनी सोधेको थिएँ । उनीहरूले कोही मरेको भने । अनि मैले कहाँ भनी सोधें । उनीहरूले तपाईंको खाटमुनि भने,’ शाङ्यु न्युजले खबर दियो । 

प्रहरीले हत्याको अनुसन्धान थालेको छ तर चाङलाई आरोपित बनाएको छैन किनकि त्यो लाश उनी त्यस कोठामा आउनुभन्दा धेरै दिन अघिदेखि थियो । 

यस घटनालाई चीनमा व्यापक कभर गरिएको छ । 

पछि तिब्बतबाट २ हजार किलोमिटर टाढा लानचाउ शहरमा एक आरोपित व्यक्तिलाई ट्रेनमा पक्राउ गरिएको थियो । 

प्रहरीलाई अनुसन्धानमा सघाएलगत्तै आफू तिब्बतबाट हिँडेको चाङले बताए । 

तर उक्त घटनाले आफूलाई स्तब्ध बनाएको र सुत्नै गाह्रो परेको उनको भनाइ छ । 

‘म बिहान २ वा ३ बजेसम्म जागै हुन्छु र छिसिक्क केही भयो कि उठिहाल्छु,’ उनले बताए, ‘यसले मेरो मानसिक स्थिति गडबड बनाएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x