१५ असार २०८३, सोमबार
प्रतिनिधिसभा बैठक

भ्रष्टाचारबारे अधिकारसम्पन्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

बैशाख २४, २०८०
भ्रष्टाचारबारे अधिकारसम्पन्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले ०६३ यता भएका भ्रष्टाचारबारे छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । 
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले भने, ‘०६३ यता जतिपनि भ्रष्टाचार भएको छ ।  सबै भ्रष्टाचारको छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय  छानबिन आयोग गठन हुनुपर्छ । त्यो नभएसम्म नेपाल अघि बढ्न सक्दैन ।’

उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा बहालवाला सचिव नेपालको इतिहासमा पहिलो पटक थुनामा गएको उल्लेख गरे । तर, त्यो बेलाको मन्त्री कसरी चोेखे भए ? भन्दै उनले प्रश्न गरे । त्यसको नैतिक जिम्मेवारी तत्कालीन मन्त्रीले लिनुपर्ने भन्दै उनले भ्रष्टलाई जोगाउन राजनीतिमा मिलिजुली गरिए जनताले स्वीकार नगर्ने बताए । उनले यस्तो कार्यलाई यो संसदले पनि स्वीकार गर्न नसक्ने स्पष्ट गरे । 

salt training

कमेन्ट गर्नुहोस्