
सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने प्रयासस्वरुप सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएको छ । साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्याधीशको भरमा चलिरहेको भएपनि सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । नेपाल बारले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि दवाव दिइरहेको बेला आज बोलाइएको संवैधानिक परिषद्को बैठकले सकारात्मक निर्णय लिने विश्वास लिइएको छ ।