अमेरिकाको टेक्सस राज्यको ब्राउन्सभिलमा पैदलयात्रीमाथि गाडी चलाएर सातजनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
आप्रवासीहरू बस्ने गरेको आश्रयस्थल नजिक बाटोमा एसयूभी चलाएर ती व्यक्तिले हत्या गरेका थिए ।
नाम नखुलाइएका ती पुरुष चालकलाई हिरासतमा राखिएको अनि विभिन्न मुद्दा चलाउने तयारी भएको ब्राउन्सभिल प्रहरी विभागका लेफ्टिनेन्ट मार्टिन सानडोभालले बताए ।
पीडितहरू ओजानाम सेन्टर नजिक बस स्टपमा गाडी कुरेर बसिररहेका थिए । त्यो सेन्टर घर नभएका आप्रवासीहरूको आश्रयस्थल हो ।
ती चालकले गाडी चलाएको बेलामा मादक पदार्थ सेवन गरिरहेका थिए कि थिएनन् भनेर पनि परीक्षण गरिरहेको सान्डोभालले बताए ।