०५ साउन २०८३, मंगलबार
प्रधानन्यायाधीश सिफारिस एजेन्डा

प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक

बैशाख २५, २०८०
प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक

संवैधानिक परिषद्काे बैठक शुरु भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अध्यक्षतामा साेमवार साँझ सिंहदरबारमा शुरु भएकाे बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानून, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्याधीशको भरमा चलिरहेको भए पनि संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन ।

नेपाल बारले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिइरहेको बेला आजको बैठकले सकारात्मक निर्णय लिने विश्वास लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्