२८ असार २०८३, आइतबार

घुससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बैशाख २५, २०८०
घुससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१५ हजार रूपैयाँ घुससहित पक्राउ परेका कास्कीको पोखरा महानगरपालिका वडा नं. २८ मा कार्यरत सव–इन्जिनियर प्रविन विकविरुद्ध सोमवार विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा विक पक्राउ परेका थिए ।

आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुससहित गत चैत ३ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा उनले घुस लिएको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्