
आज मंगलवार कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ ।
नेपालमा प्रधान न्यायालय ऐन २००८ बने पनि त्यसको लागू भने विक्रम संवत् २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ ।
सर्वोच्च अदालतले हरेक वर्ष दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानूनमन्त्री लगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदानप्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
मंगलवार पनि दिउँसो २ बजे शुभकामना कार्यक्रम रहेको छ ।