
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे बस्ने तय भएको हो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने छ ।
त्यस्तै मिसन ग्रासरुट अभियानको समीक्षा, समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।
केन्द्रीय कमिटी बैठक बिहीवारदेखि बस्दैछ । यसअघि झापामा बस्ने तय भएको बैठक सरेर काठमाडौँमै हुने भएको छ ।