
एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा कन्सर्ट गर्ने भएको छ । जेठ १३ गते शनिवार हुने कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुति रहने छ ।
विषेशगरी विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीहरूका नेपालमा रहेका परिवारका सदस्यहरू, आफन्तजन तथा साथीभाइसँग सांगीतिक कार्यक्रममार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको एनसेलले जनाएको छ । कार्यक्रम शनिवार दिउँसो २ बजेबाट शुरु भएर राति ९ बजेसम्म चल्नेछ ।
कार्यक्रममा चर्चित गायक गायिकाहरू दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनील पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुति दिनेछन् ।
कन्सर्टको एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात् प्रत्यक्ष प्रशारण हुनेछ ।
विराटनगरवासी मात्र नभइ देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीले कार्यक्रमको मनोरञ्जन लिनका लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको एनसेलले जनाएको छ ।
कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरेर निःशुल्क टिकट लिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखेर एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङ्का साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ ।
यसैगरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभ दरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू समेत उपलब्ध गराउँदै आएको छ ।
सांगीतिक कार्यक्रमले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र नेपालमा रहेका उनीहरूका परिवारलाई भरपूर मनोरञ्जन गर्ने विश्वास एनसेलले लिएको छ ।
कार्यक्रम स्थलमा रहने एनसेलको स्टलमार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरूका बारेमा जानकारी लिन सक्नेछन् ।
कार्यक्रममा सहभागिताका लागि अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरेर निःशुल्क टिकट लिन एनसेलले आह्वान गरेको छ ।