०५ असार २०८३, शुक्रबार

नक्कली शरणार्थी प्रकरणमा सुक्ष्म अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

बैशाख २६, २०८०
काठमाडौं
नक्कली शरणार्थी प्रकरणमा सुक्ष्म अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कानूनसम्मत कारबाहीको माग गरेको छ । 

घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्ति रहस्यमय तवरमा बेपत्ता हुनुले राजनीतिक संरक्षण भएको देखिने वक्तव्यमा भनिएको छ ।

अध्यक्ष बरालले सरकारी कार्यदल गठनदेखि चलखेलसम्मका सबै प्रक्रियाको सूक्ष्म अध्ययन एवं अनुसन्धानको माग गरेका छन् । दोषी जो कोही हुन् कानूनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने माग समाजको छ । 

“यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाजले निन्दा गर्छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्