२४ असार २०८३, बुधबार

सीके राउत भन्छन् : हामी दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं

बैशाख २६, २०८०
सीके राउत भन्छन् : हामी दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं
फाइल तस्बिर

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत(सीके)ले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारले अहिलेसम्म मानव केन्द्रितभन्दा पनि अनावश्यक क्षेत्रमा बजेट खर्च गरिरहेको बताएका हुन् । 

उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताए । गलत विकास मोडलको अभ्यास गर्दा  विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरू भन्ने भाष्य कायम रहेको उनको भनाइ छ । ‘प्रहरीका कर्मचारीहरू तलब नपाएर रोइरहेको अवस्था छ । यता सरकार ऋण लिएर भए पनि एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाउने तयारीमा छ,' उनले भने 'नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । ठूला भ्युटावरहरू बनाउँदै गएका छौं । हामी दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं । आगामी बजेट मानव केन्द्रित बजेट होस्।’
 

salt training

कमेन्ट गर्नुहोस्