२३ असार २०८३, मंगलबार

मन्त्रिपरिषद्को निर्णय : विदेशबाट अब दुईवटासम्म मोबाइल ल्याउन पाइने

बैशाख २६, २०८०
मन्त्रिपरिषद्को निर्णय : विदेशबाट अब दुईवटासम्म मोबाइल ल्याउन पाइने

सरकारले विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन पाइने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउनेले दुईवटा मोबाइल ल्याउन पाउने गरी निर्णय गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन् ।

यसअघि विदेशबाट फर्किनेले एउटामात्रै मोबाइल ल्याउन पाउनेमा अब एउटा थप ल्याउन पाउने  र यसका लागि सञ्चार र श्रम मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी उनले दिइन् ।

यसअघि दुईवटा मोबाइल ल्याउन दिने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै आलोचना भएको थियो ।

साथै सरकारले नेपाल कृषि वन सेवा समूहमा रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले यो सेवा समूहका सहसचिव पौडेललाई सचिवमा बढुवा गरेको जानकारी प्रवक्ता शर्माले दिइन् । 

सरकारले सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गरेको जानकारी पनि उनले दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्