०८ साउन २०८३, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो, टोपबहादुर अझै फरार

बैशाख २६, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो, टोपबहादुर अझै फरार

प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप दुई जनालाई पक्राउ गरेको छ । यससँगै पक्राउ पर्नेको संख्या १० जना पुगेको छ । 

प्रहरीले मंगलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई  पक्राउ गरेसँगै यो संख्या १० पुगेको हो । 

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव  टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् । 

पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार छन् ।  जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्