१० साउन २०८३, आइतबार

शरणार्थी प्रकरणबारे शेखर कोइराला भन्छन्-  मेरो संलग्नता छैन, टाई टाई फिस होला भन्ने नसोच्दा हुन्छ

बैशाख २७, २०८०
शरणार्थी प्रकरणबारे शेखर कोइराला भन्छन्-  मेरो संलग्नता छैन, टाई टाई फिस होला भन्ने नसोच्दा हुन्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण 'टाई टाई फिस' नहुने बताएका छन् । बुधवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले शरणार्थी प्रकरणमा दुई/तीन जना नेता बसेर मिलाउने सम्भावना नरहेको बताएका हुन् । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटप्रति लक्षित गर्दै नेता कोइरालाले शरणार्थी प्रकणलाई अन्तर्राष्ट्रिय स्तरबाट समेत हेरिएको भन्दै दुई/तीन नेता बसेर कुनै छलफल नहुने बताएका हुन् ।

मंगलवार प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता भएको थियो ।  ‘यो प्रकरण यहाँबाट मिलाउँछौं भन्ने सम्भावना छैन,’ कोइरालाले भने ‘अन्तर्राष्ट्रिय जगतले पनि नियालेको हुँदा टाई टाई फिस हुन्छ भन्ने कसैले नसोच्दा हुन्छ । प्रहरीले छानबिन गरिरहेको छ ।’

तपाईँको नाम पनि जोडिएको छ नि भन्ने प्रश्नमा नेता कोइरालाले फोटो खिचेकै भरमा कसैलाई आरोप लगाउन नहुने तर्क गरे । ‘मेरो केशव दुलालसँग चिनाजान हो । मेरो घरमा पनि आउँथे । फोटो पनि खिचेका होलान् । तपाइहरूसँग पनि फोटो खिचेका होलान् । फोटो खिचेकै भरमा कसैलाई दोष लाउनु हुँदैन । मेरो कहीँ कतै संलग्नता छैन’ उनले भने । 

प्रहरीले अनुसन्धान गरिरहेको हुनाले थप कुरा आउने समेत उनले बताए । नेता कोइरालाले शरणार्थी प्रकरणमा जोडिएका जो सुकैलाई पनि कारबाही हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्