२३ जेठ २०८३, शनिबार

आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

बैशाख २७, २०८०
आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले अडियोको बारेमा सत्य, तथ्य सार्वजनिक गरी आवश्यक कारवाही गरी पाउँ भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी छन् । 

आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नो नाम जोडिएको विषयमा उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।

‘मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् । उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषी माथि कानूनअनुसार कडा भन्दा कडा कारवाही होस्,’ उनले दिएको निवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्