
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३ दिन हिरासतमा बस्ने भएका छन् ।
उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
काठमाडौं जिल्ला अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
खाँणलाई बुधवार बिहान चाबहिलको मैजुबहालस्थित उनकै निवासबाट पक्राउ गरिएको थियाे ।
नक्कली शरणार्थी प्रकरणमा करोडौंको रकम ठगी गरेको घटनामा जोडिएपछि उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
मंगलवार पक्राउ परेकाहरूको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ ।
मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ ।