×

NIC ASIA

छानबिन

सरकारी वकिलसामु पूर्व गृहमन्त्री खाँणका ४५ मिनेट : प्रहरीले सुनायो पक्राउ गर्नुका कारणहरू

बैशाख २७, २०८०

Prabhu Bank
NTC
Premier Steels

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्ने अनुमति सिफारिसका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लैजाँदा उनले कुनै प्रतिप्रश्न तथा प्रतिवाद गरेनन् ।
प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जीसहित बुधवार बिहान पक्राउ गर्न लाग्दा खाँणले प्रतिवाद गरेको भए पनि सरकारी वकिल कार्यालयमा भने कुनै प्रतिवाद गरेनन् ।

Muktinath Bank

‘आज उहाँलाई म्याद थपका लागि सिफारिस गर्न सरकारी वकिल कार्यालयमा ल्याइएको थियो,’ एक सरकारी वकिलले लोकान्तरसँग भने, ‘त्यस क्रममा हामीले उहाँको मानव अधिकारको उच्च ख्याल राखेका थियौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै ४५ मिनेट सरकारी वकिल कार्यालयमा बिताएका उनलाई जिल्ला सरकारी वकिल कार्यालयले पानी र चिया समेत खुवाएको थियो । ‘प्रहरीले बाहिर के गर्छन्, त्यस विषयमा हामीले हेर्दैनौं तर हाम्रो कार्यालयमा जुनसुकै प्रतिवादीलाई बयानका लागि वा म्याद थपका लागि ल्याउँदा हत्कडी लगाइएको हुँदैन, त्यो पाइँदैन पनि,’ ती सरकारी वकिलले थपे, ‘सोही क्रममा पूर्व गृहमन्त्री खाँणलाई पनि अन्य सर्वसाधारण नागरिकसरह नै विना हत्कडी हाम्रो कार्यालयमा ल्याइएको थियो ।’  


Advertisment
Nabil box
Kumari

बुधवार उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरेको हुनाले बुधवार बयानका लागि लगिएको थिएन । जरुरी पक्राउ पुर्जीलाई काठमाडौं जिल्ला अदालतबाट अनुमोदन गराउन तथा ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गराउनका लागि म्याद लिन अदालतमा सिफारिस गर्नका लागि सरकारी वकिल कार्यालय लगिएको थियो ।

Vianet communication

‘आज हामीले उहाँको बयान लिने काम गरेका थिएनौं, म्याद मात्र थप भएको हो,’ ती सरकारी वकिलले लोकान्तरसँग भने, ‘प्रहरीले पक्राउ गरेर ल्याएपछि के आधारमा पक्राउ गरेको हो भन्ने विषयमा प्रहरीसँग ब्रिफ लिएका थियौं ।’

के–के आधारमा समातिएको हो भन्ने ब्रिफ लिँदा प्रहरीले केही आधारहरू सरकारी वकिललाई सुनाएका थिए । ‘खाँण र बिचौलिया, खाँण र तत्कालीन सचिव टेकनारायण पाण्डे, खाँण र उनका स्वकीय सचिवबीच भएको च्याट, एसएमएसलाई आधार बनाइएको छ,’ उनले थपे, ‘त्यसैगरी उहाँको पीएले पैसा बुझेको देखिन्छ । यी सबै आधार रहेको भन्दै प्रहरीले थुनामा राखी अनुसन्धान गर्न म्याद थप्नुपर्ने भन्दै सिफारिसका लागि ल्याएको थिए ।’

खाँणले सरकारी वकिल कार्यालयमा न त कुनै प्रतिवाद गरे, न त कुनै प्रतिप्रश्न नै गरे । ‘जरुरी पक्राउ पुर्जी काठमाडौं जिल्ला अदालतबाट अनुमोदन गराउन तथा म्याद थप गराउनका लागि उहाँले प्रतिवाद गर्न चाहेको भए अदालतमा बहस नै पनि गराउन सक्नुहुन्थ्यो,’ उनले थपे, ‘त्यस्तो अवस्था आएन । त्यस्तो अवस्था आएको भए हामीले पनि बहस गर्न जानुपर्ने हुन्थ्यो ।’ 

अब भोलि बिहीवार उनलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिनेछ । त्यतिबेला उनलाई प्रहरीसँग भएको आधार, अन्य प्रतिवादीले गरेको बयान आदिको आधारमा जिल्ला सरकारी वकिल कार्यालयमा बयान गराइनेछ ।

बुधवार सरकारी वकिल कार्यालयमा उनलाई उपस्थित गराउँदा उनको व्यवहार सामान्य थियो । ‘प्रहरी हिरासतमा १ रात पनि नबिताएको हुनाले उहाँको व्यवहार सामान्य नै लागेको थियो,’ उनले थपे, ‘हामीले चिया पानी खुवाउने काम गरेका थियौं । उहाँले पनि चिया र पानी खानुभयो ।’

जिल्ला सरकारी वकिल कार्यालयको सिफारिसमा काठमाडौं जिल्ला अदालतले जरूरी पक्राउ पुर्जी अनुमोदन गर्नुका साथै ४ दिनका लागि थुनामा राख्ने म्याद दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x