२३ जेठ २०८३, शनिबार

कर्नाटक विधानसभा चुनावमा कांग्रेसले जित्ने प्रक्षेपण

बैशाख २८, २०८०
कर्नाटक विधानसभा चुनावमा कांग्रेसले जित्ने प्रक्षेपण

भारतको कर्नाटक विधानसभा चुनावमा भारतीय कांग्रेसले चुनाव जित्दै स्पष्ट बहुमत ल्याउने प्रक्षेपण गरिएको छ ।

चुनावअन्तर्गत बुधवार मतदान भएको छ । चुनावमा ७२.६७ प्रतिशत मतदान भएको छ । मतदानपछि गरिएका एक्जिट पोलमा भारतीय कांग्रेस बहुमतका साथ अगाडि आउने देखिएको छ ।

कूल २२४ सदस्यीय विधानसभामा कांग्रेसले १२२–१४० सिट, भारतीय जनता पार्टी (भाजपा) ले ६२–८० सिट ल्याउने प्रक्षेपण गरिएको छ ।

प्रतिशतका हिसाबले कांग्रेसले ४२.५% र भाजपाले ३४.५% मत ल्याउने अनुमान गरिएको छ । बाँकी मत अन्य दललाई जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१८ को निर्वाचनमा भाजपाले सर्वाधिक १०४, कांग्रेसले ७८, जेडीएसले ३७ सिट जितेको थियो । यसपालि कांग्रेसले भोट बढाउँदै बहुमतको सरकार बनाउने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्