०१ असार २०८३, सोमबार
छुरा प्रहार गरी हत्या

होटलमा आएका व्यक्तिको हत्या आरोपमा ६ जना पक्राउ, गल्छी–त्रिशूली सडकखण्ड अवरुद्ध

बैशाख २८, २०८०
होटलमा आएका व्यक्तिको हत्या आरोपमा ६ जना पक्राउ, गल्छी–त्रिशूली सडकखण्ड अवरुद्ध

धादिङमा एक जनाको हत्या भएको छ । गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान पुगेका २७ वर्षीय विनोद थापामगरको हत्या भएको हो ।​

बुधवार साँझ खाजा खान गएका गल्छी–८ कटलपौवाका थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।​

आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए ।

खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । 

घटनापछि पण्डित फरार भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो । 

प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित छ जनालाई पक्राउ गरेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’, प्रहरी निरीक्षक थिङले भने। घटनापछि स्थानीयवासीले गल्छी–त्रिशूली सडक खण्ड गए रातिदेखि नै बन्द गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्