
सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेस गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरूले भरपूर छ ।
यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरू लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि र्यामका साथ काम गर्छ । साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।
ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठ भागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरूले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरूलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरू सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।
त्यसैले अब तपाईँले आफ्नो वरिपरिका अद्भुत दृश्यहरू क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडिदिनु होस् किनकि ग्यालेक्सी ए२४ एलटिइमा स्टोर गर्नको लागि प्रशस्त क्षमता छ । स्टोरको कुरा गरिरहँदा तपाईँले केही अद्वितीय एप्हरू र फिचरहरू पाउन सक्नु हुनेछ, जुन तपाईँले फोनबाट प्राप्त गर्नु हुने विशेषताहरूसँग राम्ररी मेल खान्छ ।
तपाईँले अब बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरिद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव सँगाल्न सक्नुहुन्छ । ६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मूल्य रु.२८,९९९/- कायम गरिएको छ भने ८+१२८ जिबिको मोबाइल रु.३१,९९९/- मा उपलब्ध छ । यो एउटा त्यस्तो स्मार्टफोन हो जुन अद्भुत बनावट र विशेषताहरू युक्त छ र यो केही अद्वितीय पलहरूको सिर्जना गर्नका लागि पनि बनेको एक उपयुक्त उपकरण हो ।