२९ जेठ २०८३, शुक्रबार

नयाँ अनुसन्धानको निष्कर्ष : साबुनका कारण मानिसको शरीरमा आकर्षित हुन्छ लामखुट्टे

बैशाख २८, २०८०
नयाँ अनुसन्धानको निष्कर्ष : साबुनका कारण मानिसको शरीरमा आकर्षित हुन्छ लामखुट्टे

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । 

झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । 

किन त्यस्तो हुन्छ त ? 

वैज्ञानिकहरूले कारण पत्ता लगाएका छन् । 

मानिसले शरीरमा दलेको साबुनले यो कुरा निर्धारण गर्ने वैज्ञानिकहरूको भनाइ छ । 

आईसाइन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, कुनै साबुनले लामखुट्टेलाई आकर्षित गर्छन् भने अन्यले लामखुट्टेलाई विकर्षित गर्छन् । 

कुनै व्यक्तिको शरीरको आफ्नै गन्ध कस्तो छ अनि उसले कस्तो साबुनले नुहाएको हो भन्ने कुराले लामखुट्टेलाई टोक्न आकर्षित गर्छ । 

यस अध्ययनका लागि चारजना स्वयंसेवीहरूलाई फरक फरक ब्रान्डका साबुनले नुहाउन लगाइएको थियो । डायल, डोभ, नेटिभ र सिम्पल ट्रुथ यी फरक साबुन उपयोग गरी ती व्यक्तिहरूले नुहाएका थिए । 

त्यसपछि ती व्यक्तिहरूको शरीरबाट आफ्नै किसिमको गन्ध निस्कियो । तीमध्ये कुनै गन्धप्रति लामखुट्टेहरू बढी आकर्षित भए । विशेष साबुनले नुहाउँदा स्वयंसेवीको शरीरको गन्धमा उल्लेख्य परिवर्तन आयो । 

मानिसको शरीरको आफ्नै गन्धसँग साबुनको गन्ध समेत मिसिएको आधारमा लामखुट्टे आकर्षित हुने कुरामा सरुवा रोग विशेषज्ञ लुइसा मेसेन्जर पनि विश्वस्त छिन् । व्यक्तिको गन्धले लामखुट्टे आकर्षित हुने नहुने कुरामा पहिले पनि अध्ययनहरू भइसकेका छन् तैपनि यस विषयमा अझै धेरै कुरा बुझ्न बाँकी छ । 

मेसेन्जरका अनुसार, लामखुट्टेहरूले फूलको गन्ध मन पराउँछन् किनकि भाले लामखुट्टेले फूलको पराग खाने गर्छन् । मानिसलाई टोक्ने भनेको पोथी लामखुट्टेले हो । त्यसैले फूलको गन्ध आउने साबुन र बढी वाश उपयोग गर्दा लामखुट्टेहरू आकर्षित हुन्छन् ।

उनले भविष्यमा गरिने अध्ययनहरूले लामखुट्टेको टोकाइबाट बच्नका लागि राम्रो रिपेलेन्ट बनाउन योगदान गर्नुपर्छ भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्