३१ जेठ २०८३, आइतबार

सुर्खेतका सहायक वन अधिकृत मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख २८, २०८०
सुर्खेतका सहायक वन अधिकृत मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रवरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । 

उनले गैर कानूनीरूपमा ७२ लाख ५२ हजार रूपैयाँ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर अख्तियारले जनाएकाे छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार मिश्रले राष्ट्रसेवकको पदमा कार्यरत रहेको अवधिमा आफ्नी श्रीमती हिरादेवीको नाममा जग्गा किनेकाे र सो जग्गामा घरसमेत बनाएको भन्दै उक्त सम्पत्ति समेत जफत हुनुपर्ने माग दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्