२७ असार २०८३, शनिबार

गठबन्धनको मर्मअनुसार मधेश प्रदेश सरकार पुनःगठन हुनुपर्छ : महन्थ ठाकुर

बैशाख २८, २०८०
गठबन्धनको मर्मअनुसार मधेश प्रदेश सरकार पुनःगठन हुनुपर्छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकार पुनः गठन हुनुपर्ने माग गरेका छन् । 

आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताए ।​

मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहेको अध्यक्ष ठाकुरको भनाइ थियो । गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने उनको माग छ ।​

उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्