
चितवन राष्ट्रिय निकुञ्जमा २ दिनमा २ वटा गैंडा मृत अवस्थामा भेटिएका छन् ।
वैशाख २६ र २७ गते ती गैंडा मृत भेटिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार वैशाख २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा ४ महिनाको पोथी गैंडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैंडा मृत अवस्थामा भेटिएका हुन् ।
भाले गैंडा २ वर्ष ६ महिनाको रहेको उनले जानकारी दिए ।
उनका अनुसार दुवै गैंडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैंडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए । उनका अनुसार चालू आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएका गैंडाको संख्या १८ पुगेको छ ।