
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै राजस्थान रोयल्सले जितेको छ ।
शुरूआती ब्याटिङ गरेको कोलकाताले राजस्थानसामु १५० रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङ गर्दै राजस्थानका खेलाडी यशस्वी जयसवालले तीव्र ब्याटिङ गर्दै टीमलाई जिताए ।
जयसवालले पहिलो ओभरमै २६ रन बनाए । उनले १३ बलमा अर्धशतक पूरा गरेर आईपीएलको सर्वाधिक तीव्र अर्धशतकको रेकर्ड बनाएका छन् । हिजोसम्म सर्वाधिक तीव्र अर्धशतक बनाएको रेकर्ड केएल राहुलको नाममा थियो, उनले १४ बलमा अर्धशतक बनाएका थिए ।
राजस्थानले १३.१ ओभरमा लक्ष्य भेट्टाउँदै जितेको हो । खेल अवधिभर खेलेर जयसवालले ९८ रन बनाएका छन् ।