२४ जेठ २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

प्रचण्ड, देउवा र ओलीबीच फेरि छलफल

बैशाख ३१, २०८०
प्रचण्ड, देउवा र ओलीबीच फेरि छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । 

एमालेको केन्द्रीय कमिटी बैठकले शनिवार मात्रै देश संकटतर्फ धकेलिएको भन्दै प्रमुख दलबीच न्यूनतम् समझदारी गर्नुपर्ने भनेर विशेष प्रस्ताव पारित गरेको थियो । 

पछिल्लो समय नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगीमा प्रमुख दल कांग्रेस र एमालेका नेता तानिएपछि शीर्ष नेताले निरन्तर छलफल गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्