२६ जेठ २०८३, मंगलबार

सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत

बैशाख ३१, २०८०
सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत
फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । हेलम्बु-३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न नसक्ने अवस्था अवस्था अन्त्य गर्ने बताएका हुन् ।

त्यसका लागि सुर्तीजन्य पदार्थमा कर बढाउने उनको भनाइ छ । त्यो करबाट करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको उनले बताए ।

मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्