०४ असार २०८३, बिहीबार

‘जिरे खुर्सानी’ फेरि आउने भयो, जान्नुस् प्रसारण कहिले हुन्छ

कात्तिक २०, २०७४
‘जिरे खुर्सानी’  फेरि आउने भयो, जान्नुस् प्रसारण कहिले हुन्छ

काठमाडौं, २० भदौ – चर्चित हास्य टेलिश्रंखला ‘जिरे खुर्सानी’ फेरि प्रसारण हुने भएको छ । केही पुराना कलाकार र केही नयाँ कलाकारलाई लिएर श्रंखला पुनः प्रसारण हुन लागेको हो ।

देवीराम पराजुली (भोक लाग्यो), राजाराम पौडेल, शिवहरि वैरागी लगायतका पुराना कलाकार र केही नयाँ कलाकारले समेत श्रृंखलामा देखिएका छन् । जितु नेपाल पहिलेकै ‘मुन्द्रे’ को भूमिकामा देखिँदै छन् । पहिले सोमवार प्रसारण हुने गरेको यो कार्यक्रम अब भने तीतो सत्य आउने समयमा प्रसारण हुन लागेको हो ।

पहिले ५ सय १७ भाग प्रसारण भएको यो श्रंखलाको अब ५ सय १८ भाग प्रसारण हुनेछ । नेपाल टेलिभिजनबाट हरेक बिहीवार पौने ९ बजेबाट प्रसारण हुनेछ । श्रृंखलाको निर्देशन भने जीतु नेपालले गर्दैछन् । कार्यक्रम भने लामो समय नचल्ने बरु यसको अन्त्यतिर आफूहरु लाग्ने जितुले बताए ।

salt training

कमेन्ट गर्नुहोस्