२९ जेठ २०८३, शुक्रबार

टीकाटालो समारोहमा राघव चड्ढा र परिणीति चोपडाले गरे रोमान्स (भिडियो)

बैशाख ३१, २०८०
टीकाटालो समारोहमा राघव चड्ढा र परिणीति चोपडाले गरे रोमान्स (भिडियो)

बलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढाले शनिवार टीकाटालो (सगाई) गरेका छन् । 

दिल्लीको कपूरथलामा परिवारका सदस्य तथा साथीभाइको उपस्थितिमा उनीहरूले एकअर्काको औंलामा औंठी लगाइदिएका थिए । 

लामो समयदेखि डेटिङ गरिरहेको परिणीति र राघवले आफ्नो सम्बन्धलाई औपचारिकता दिन खोजेका छन् । 

टीकाटालो समारोहको भिडियोमा परिणीतिले राघवलाई हेर्दै तेरे बिना दिन नईयो लगदा भन्ने गीतमा ओठ चलाएकी थिइन् । गीत बज्दै गर्दा उनी निकै मस्तीको मूडमा थिइन् । उनको चुलबुलेपन देखेर विह्वल भएका राघवले परिणीतिको गालामा चुम्बन गरेका थिए । 

सगाई समारोहमा राघव र परिणीतिले उस्तै रंगको लुगा लगाएका थिए । परिणीतिले मनीष मल्होत्राको डिजाइनर ड्रेस लगाएकी थिइनु भने राघवले आफ्ना मामा पवन सचदेवको डिजाइन रहेको शेरवानी लगाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्