२२ जेठ २०८३, शुक्रबार

युट्युबमा भ्युज बटुल्नका लागि विमान ठोकाएको स्वीकार, २० वर्षको कैद सजाय हुन सक्ने (भिडियो)

बैशाख ३१, २०८०
युट्युबमा भ्युज बटुल्नका लागि विमान ठोकाएको स्वीकार, २० वर्षको कैद सजाय हुन सक्ने (भिडियो)

अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा विशाल भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् । 

स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आरोपमा २० वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ । 

क्लिक र भ्युजका लागि जेकबले विमान दुर्घटनाको प्य्रांक गराएका थिए तर विमान साँच्चिकै दुर्घटनाग्रस्त भयो । उनी क्यालिफोर्नियाको लोम्पक सिटी विमानस्थलबाट एक्लै प्लेन चलाएर म्यामथ लेक्स पुग्न खोजेका थिए । तर उडेको ३५ मिनेटमा उनले विमानमा प्राविधक गडबडी आएको भन्दै विमानबाट हाम्फालेका थिए । यस क्षणलाई उनको गोप्रो क्यामराले कैद गरेको थियो । 

प्याराशुटका साथ जेकब सुरक्षित रूपमा भुइँमा झरेका थिए भने विमान चाहिँ लोस पाद्रेस राष्ट्रिय वनमा दुर्घटनाग्रस्त भएको थियो । 

उनको यस स्टन्टलाई उड्डयनविद् तथा संघीय निकायहरूले निगरानी गरिरहेका थिए । उनीहरूले जेकबको भिडियोलाई मसिनो गरी विश्लेषण गर्दा कैयौं कुरा नमिलेको पाए । त्यसपछि राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले अनुसन्धान शुरू गरे । 

जेकबले दुर्घटनाग्रस्त भएको विमानका टुक्राटाक्रीलाई लोम्पक सिटी विमानस्थलमा लुकाएर पछि नष्ट गरेका थिए । यसरी उनले प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै संघीय निकायले उनीमाथि गम्भीर मुद्दा चलाउने भएको छ । उनलाई २० वर्षको कैद सजाय दिइने सम्भावना छ । 

यत्तिका दुःख गरेर भिडियो बनाए पनि त्यसले ३९ लाख भ्युज मात्र पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्