०७ साउन २०८३, बिहीबार

आईपीएल क्रिकेटमा आज दुई खेल हुने : केही बेरमा राजस्थान र बैंग्लोर भिड्दै

बैशाख ३१, २०८०
आईपीएल क्रिकेटमा आज दुई खेल हुने : केही बेरमा राजस्थान र बैंग्लोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो पौने चार बजे हुने पहिलो खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुनेछ । बैंग्लोरले टस जितेर ब्याटिङ रोजेको छ । 

त्यस्तै दोस्रो खेलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्नेछन् । नेपाली समयानुसार राति पौने ८ बने शुरू हुने खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ ।

राजस्थान १२ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ भने बैंग्लोर १० अंकका साथ  तालिकाको सातौं नम्बरमा छ । 

यता चेन्नई १५ अंकका साथ दोस्रो स्थानमा छ भने कोलकाता १० अंकका साथ आठौँ नम्बरमा छ । ​

गुजरात टाइटन्स १६ अंकका साथ पहिलो नम्बरमा छ ।

salt training

कमेन्ट गर्नुहोस्