काठमाडौं २० भदौ– पूर्वप्रधामनन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई मंसिरमा हुने प्रतिनिधि सभाको चुनावमा गोरखाबाट चुनाव लड्ने भएका छन् । पार्टीले औपचारिक निर्णय नगरे पनि गोरखाको संघीय निर्वाचन क्षेत्रनम्बर २ बाट चुनाव लड्ने योजना बनाएको उनले सुनाए ।
सोमवार साँझ केही पत्रकारहरुसँगको भेटमा लोकान्तरले राखेको सवालमा भट्टराइले गोर्खा २ बाट चुनाव लड्ने बताएका हुन् । यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा बाबुराम गोरखाबाट चुनाव जितेका थिए । ०६४ सालको चुनावमा उनले सर्वाधिक मतअन्तरले चुनाव जितेका थिए ।
२०७२ सालमा संविधान जारी भएलगत्तै भट्टराइले सांसद पदबाट राजीनामा दिएका थिए । ‘गोरखाबाटै चुनाव लड्ने सोच छ र जनताको चाहाना पनि त्यही छ,’ उनले भने ।