०७ असार २०८३, आइतबार

कतार पुलिसमा जागिर लगाइदिने भन्दै ६९ लाख ठगी, एक जना पक्राउ

बैशाख ३१, २०८०
कतार पुलिसमा जागिर लगाइदिने भन्दै ६९ लाख ठगी, एक जना पक्राउ

वैदेशिक रोजगारीको लागि कतारमा पठाइदिन्छु भन्दै ६९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका १० थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बू रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले कतार पुलिसको जागिरको लागि कतार पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट रकम ठगी गरेका थिए । उनले प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बूले १ लाख भन्दा बढी तलव हुने विश्वास दिलाई, प्रलोभनमा पारी उनीहरूबाट पटक–पटक गरी ६९ लाख रूपैयाँ लिएका थिए । रकम उठाएर उनी सम्पर्कविहीन बनेका थिए ।

उनलाई धुम्बराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्