भदौ ३१, २०८०
२९ जना जिल्ला न्यायाधीशका लागि भनेर लिइएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएपछि धेरैको ध्यान यसतर्फ केन्द्रित भएको छ । २११ जना सम्मिलित परीक्षामा एक जनामात्र अन्तर्वार्ताका लागि छनोट भएको न्याय सेवा आयोगले...
बैशाख ३१, २०८०
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कानून व्यवसायीको जमानीमा छाड्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ ।
म्याद थपका लागि आइतवार अदालत पुर्याइएका खाँणलाई कानून व्यवसायीको जमानीमा छाड्न उनका वकिलहरूले आग्रह गरेका थिए ।
त्यसक्रममा आजसम्म बयान नलिइएको भन्दै प्रश्न समेत उठेको थियो ।
सोही क्रममा न्यायाधीश दीपककुमार खरेलले बयान किन नलिएको भनेर अनुसन्धान अधिकृतलाई इजलासमा झिकाई प्रश्न गरे ।
अनुसन्धान अधिकृतले केही ठोस प्रमाण संकलन भएको तथा केही संकलन हुने क्रममा रहेकाले थपिएको म्यादभित्र बयान सकेर प्रतिवेदन बुझाइसक्ने जवाफ दिए ।
'हामी छानबिनको प्रक्रियामै छौं । केही प्रमाणहरू संकलन भएका छन्, केही संकलन हुने क्रममा छन्,' ती अनुसन्धान अधिकृतले इजलाससमक्ष भने, 'केही प्रमाणलाई डिजिटल सिस्टममा परीक्षणका लागि पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । म्याद थप होस्, त्यसबीचमा नै प्रतिवेदन बुझाउँछौं ।'
भोलिदेखि नै बयान शुरू गरिने र ६० दिन नकटाई प्रतिवेदन बुझाइसक्ने जवाफ ती अनुसन्धान अधिकृतले इजलासलाई दिए ।
त्यसअघि पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीले इजलासले स्वविवेकीय अधिकार प्रयोग गर्दै खाँणलाई कानून व्यवसायीको जिम्मामा छाड्न सक्ने बताएका थिए ।
खाँणविरुद्ध कुनै प्रमाण नरहेको दाबी गर्दै उनले अहिलेसम्म किन बयान नलिएको भनेर पनि प्रश्न गरे ।
'३/४ दिनको अवधिसम्म के कति कारणले उहाँलाई प्रहरी हिरासतमा राखिएको हो ? अहिलेसम्म बयान लिने कार्य समेत किन भएको छैन ?' प्रश्न गर्दै खातीले भनेका थिए, 'त्यस्तो प्रमाण केही छ भने बयान लिने कार्य सकिसकेको हुनुपर्थ्यो । विना कुनै प्रमाण हिरासतमा राखिएको हुनाले कानून व्यवसायीको जमानीमा छाड्न इजलासलाई अथोरिटी छ ।'
२०६२ सालमा शाही आयोगको मुद्दामा सर्वोच्च अदालतले शम्भु थापाको जमानीमा अभियुक्तलाई छाडेको नजिर उनले इजलाससमक्ष पेश गरेका थिए ।
त्यसपछि न्यायाधीश दीपक खरेलले नेपालमा त्यस्तो कानून नरहेको र जिल्ला अदालत 'ट्रायल कोर्ट' पनि भएकाले म्याद थपको अनुमति हुने बताए ।
'यो ट्रायल कोर्ट पनि हो । भोलिदेखि नै बयान लिने भनिसक्नुभएको छ । त्यसपछि उहाँहरू मुद्दा लिएर आउनुहुन्छ,' थप ४ दिन थुनामा राख्न अनुमति दिँदै खरेलले भने ।
इजलासमा वकालतनामा लेखाएका वकिल, अनुसन्धान अधिकृत र अभियुक्तलाई मात्र प्रवेश दिइएको थियो ।
त्यसअघि सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान अधिकृतले ५ देखि ७ दिन म्याद थपको सिफारिशका लागि माग गरेका थिए ।
तर, कार्यालय प्रमुख समेत रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले अन्तिमपटक ४ दिनका लागि मात्र म्याद हुन सक्ने भन्दै अदालतमा प्रस्ताव लैजान सिफारिश गरे ।
'उहाँहरूले ५ देखि ७ दिनको म्याद मागौं भन्नुभएको थियो,' नेउपानेले लोकान्तरसँग भने, 'मैले ३ दिनका लागि भनें । तर उहाँहरूले समय चाहिन्छ भनेपछि अन्तिममा ४ दिन म्याद थपका लागि प्रस्ताव लगिएको हो ।'
सोही क्रममा खाँणले आफ्नो बयान कहिले हुन्छ भनेर प्रश्न गरेको उनले जानकारी दिए ।
'उहाँ (खाँण)ले मेरो बयान कहिले हुन्छ भनेर सोध्नुभएको थियो । हामीले भोलिदेखि नै बयान लिन्छौं भनेका छौं,' नेउपानेले थपे ।
त्यहाँबाट अदालत लैजाने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका थिए ।
२९ जना जिल्ला न्यायाधीशका लागि भनेर लिइएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएपछि धेरैको ध्यान यसतर्फ केन्द्रित भएको छ । २११ जना सम्मिलित परीक्षामा एक जनामात्र अन्तर्वार्ताका लागि छनोट भएको न्याय सेवा आयोगले...
शुरूमा प्रहरी जवानदेखि अतिरिक्त महानिरीक्षकसम्म १०७ जनाको दरबन्दी रहेको राष्ट्रिय सतर्कता प्रहरी १४ जनामा सीमित भएको छ । राष्ट्रिय सतर्कता केन्द्रमा अहिले प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि नायब महानिरीक्षक (डीआई...
नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त न्यायाधीश अविलम्ब नियुक्ति गर्न माग गरेको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सम्पन्न एशोसिएशनको वार्षिक साधारण सभाले न्यायाधीश नियुक्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको आरोपमा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पालिकाको वडा नम्बर ८ कचोर्वास्थित जनता माध्या...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढुङ्गा, गिटी, ग्राभेल, रो...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...