२३ जेठ २०८३, शनिबार

कालिकोटको दुई गाउँपालिकाले सञ्चालनमा ल्याए आफ्नै पाठ्यक्रम

बैशाख ३१, २०८०
कालिकोटको दुई गाउँपालिकाले सञ्चालनमा ल्याए आफ्नै पाठ्यक्रम

कालिकोट जिल्लाको नौ स्थानीय तहमध्ये दुई गाउँपालिकाले आफ्नै पाठ्यक्रम सञ्चालनमा ल्याएका छन् । जिल्लाका महावै गाउँपालिका र पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार गरेका हुन् । 

महावै गाउँपालिकाले ‘हाम्रो महावै’ र ‘हाम्रो गौरव’ नामको र पचाल झरना गाउँपालिकाले ‘हाम्रो पचाल झरना’ पाठ्यपुस्तक बनाएको हो । दुवै गाउँपालिकाले शैक्षिक सत्र विसं २०८० देखि गाउँपालिकाभरका विद्यालयमा पाठ्यक्रम लागू हुने गरी पाठ्यपुस्तक सञ्चालनमा ल्याएका हुन् । पचाल झरना गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । 

स्थानीय तहलाई शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै विद्यालयलाई पठनपाठनका लागि हस्तान्तरण गरिएको पचाल झरना गाउँपालिका गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले बताए । 

महावै गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार पारेर विद्यालयमा पढाउन थालेको छ । कक्षा एकदेखि आठसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्