२९ असार २०८३, सोमबार

नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न अब युवाहरू जाग्नुपर्छ : महासचिव पोखरेल

नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न अब युवाहरू जाग्नुपर्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न अब युवाहरू जाग्नुपर्ने बताएका छन् ।

युवा तथा विद्यार्थी दिवसको अवसरमा सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै पोखरेलले युवाहरू जाग्नुपर्ने बताए ।

उनले युवाहरू राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखि नै राजनीतिक नेतृत्व सम्हाल्ने गरी अघि बढ्नुपर्ने बताए ।

उनले लेखेका छन्, ‘आज विद्यार्थी दिवस र राष्ट्रिय युवा संघको स्थापना दिवस । अब युवाहरू – नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न, अस्थिरताको दुष्चक्रबाट मुलुकलाई राजनीतिक स्थायित्वतर्फ अघि बढाउन, पपुलारिज्मका नाममा मुलुकलाई थप अस्थिरतामा जानबाट रोक्न, जबजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अब युवाहरू राष्ट्र निर्माणका लागि जाग्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखि नै राजनीतिक नेतृत्व सम्हाल्ने गरी अघि बढ्नुपर्छ । त्यसका लागि ‘मिसन युथ’को नेकपा एमालेको अभियानमा जुटौं, किनकि मुलुकको भविष्य नेकपा एमाले र तपाईं युवाहरूको काँधमा अडेको छ । युवा तथा विद्यार्थी दिवसको धेरैधेरै शुभकामना !’

salt training

कमेन्ट गर्नुहोस्