२६ जेठ २०८३, मंगलबार

अब घरबाटै 'नो अब्जेक्सन लेटर' लिन सकिने

अब घरबाटै 'नो अब्जेक्सन लेटर' लिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीबाट वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) लिनसक्ने व्यवस्थाको शुआवात गरेको छ । सोमवारदेखि एनओसी कार्यालयले विद्युतीय प्रणालीको प्रयोगगरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुआवात गरेको हो । 

आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्न सक्नेगरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो । 

अनलाइन सेवा शुरुआत गर्ने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन लेटर चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने बताए । उनले आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरू हुनु प्रशंसनीय भएको बताए । 

अब विद्यार्थीहरूले घरबाटै एनओसी फर्ममा लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको उनले बताए । 

त्यस्तै शिक्षा सचिव रामकृष्ण सुवेदीले आजबाट  फेसलेस, पेपरलेस र क्यासलेसको शुआवात हुनु नेपालीहरूका लागि खुसीको कुरा भएको बताए । नेपाललाई अब फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भन्ने अभियानमा आफू लागेको उनले बताए । 

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोगगरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्न सक्नेगरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्