२४ जेठ २०८३, आइतबार

कांग्रेसका युवा नेताले भैरहवाबाट शुरू गरे पार्टी रूपान्तरण अभियान

कांग्रेसका युवा नेताले भैरहवाबाट शुरू गरे पार्टी रूपान्तरण अभियान

नेपाली कांग्रेसमा युवा नेताहरूले पार्टी रूपान्तरण अभियान शुरू गरेका छन् । नेताहरू गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, रञ्जित कर्ण, भुपेन्द्रजंग शाहीसहितको टिमले आज (सोमवार)देखि अभियान शुरू गरेको हो । 

नेता गुरु घिमिरेले रुपन्देहीको भैरहवाबाट रूपान्तरणको अभियान प्रारम्भ भएको जानकारी दिए । ‘रुपन्देही जिल्लाको भैरहवाबाट रूपान्तरण अभियान प्रारम्भ, साथीहरूको उत्साहजनक सहभागिता छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

पार्टी सुधारको अभियान सात प्रदेश र ७७ वटै जिल्लामा पुर्‍याउने उनीहरूको घोषणा छ । 

‘राजनीतिमा जटिलता थपिँदै गएका छन् । कांग्रेस मुलुकको राजनीतिक परिस्थितिलाई गम्भीतापूर्वक विश्लेषण गर्ने र गतिविधि गर्नेतर्फ अग्रसर भएन । जरैदेखि पार्टी सुधार गर्न सकिएन’ गुरुले भने, ‘ परिवर्तन गर्न सकिएन । त्यसैले समयसापेक्ष सुधारका लागि पार्टी संरचना र संगठनको शैली बदल्न दबाब दिने उद्देश्यले जनतासँग सार्थक संवादका नाममा हामीले रूपान्तरण अभियान शुरू गर्न लागेका हौं ।’

पहिलो चरणमा सातवटै प्रदेशमा प्रतिनिधि खटाउने र त्यसपछि ७७ वटै जिल्लामा पनि रूपान्तरणको बैठक, भेला, संवादसहितका कार्यक्रम गर्ने उनीहरूको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्