
लोकप्रिय गायक राजेश पायल राई र लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका शान्तिश्री परियारबीच पहिलोपटक सांगीतिक सहकार्य भएको छ ।
यी दुईको पहिलो सहकार्य एक फिल्मी गीतमा भएको हो । भदौ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को शीर्ष गीतमा राजेशपायल र शान्तिश्रीको स्वर सुन्न सकिन्छ ।
नारायण खातीको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीत सोमवार दिउँसो राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
राजु गिरीको निर्देशनमा तयार ‘नम्बरी सुन’ फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, बुद्धि तामाङ, राजाराम पौडेल लगायतको अभिनय छ ।
सार्वजनिक गीतमा फिल्ममा कलाकारहरू प्रस्तुत छन् ।