०५ साउन २०८३, मंगलबार

कस्तो चल्यो पलको कमब्याक म्युजिक भिडियो ?

कस्तो चल्यो पलको कमब्याक म्युजिक भिडियो ?

एक वर्षको कारागार जीवन बिताएर फर्किएको साढे २ महिनापछि अभिनेता पल शाहले आफ्नो कमब्याक म्युजिक भिडियो सार्वजनिक गरे । 

गत बिहीवार सार्वजनिक ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनको उक्त भिडियो एक पात्रको कारागार जीवनमा आधारित छ । 

कारागार लगिएदेखि रिहा भएपछिको कथावस्तुसम्म भिडियोमा समावेश गरिएको छ । सोहीकारण पलले आफ्नै कथामा भिडियो बनाएको टिकाटिप्पणीहरू समेत यतिबेला भइरहेका छन् । कतिपयले कारागार जानु अगाडिको कथा खै ? भनेर पललाई प्रश्न समेत गरेका छन् । 

यस सन्दर्भमा पलले आफूले आफ्नो कथामा भिडियो नबनाएको बताएका छन् । एक कार्यक्रममा उपस्थित उनले आफूले कैदीबन्दीको परिवारको आँखाबाट भिडियो बनाएको जवाफ दिएका छन् । 

उक्त भिडियोले यतिबेला युट्युबमा राम्रो भ्युज पाइरहेको छ । ४ दिनमा सोमवार दिउँसोसम्म भिडियोलाई झन्डै १५ लाख दर्शकले हेरेका छन् । १२ हजार बढीले भिडियोमा प्रतिक्रिया जनाएका छन् । 

भ्युजको हिसावले पलको डेब्यू भिडियो राम्रो चलेको मान्नुपर्छ । यद्यपि, हिजोआज प्रायः टिकटकमा चलेका गीतहरूले युट्युबमा राम्रो भ्युज पाउने गरेको पाइन्छ ।

टिकटकको सन्दर्भमा भने पलको यो गीत राम्रो चलेको देखिएन । 

अनु चौधरीले स्वर दिएको ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनको भिडियोलाई पल आफैले निर्देशन गरेका हुन् ।

डेढ वर्षअघि पुष्पन प्रधानको स्वरमा सार्वजनिक गीतको भिडियोलाई पनि पलले आफै निर्देशन गरेका थिए ।

यतिबेला पलले एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।

चाँडै फिल्ममा पनि फर्किने तयारी उनको छ ।

salt training

कमेन्ट गर्नुहोस्