०१ साउन २०८३, शुक्रबार

देश विकासका लागि प्रदेश सरकार आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

देश विकासका लागि प्रदेश सरकार आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका छन् । सोमवार रामेछापको मन्थली माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रम बोल्दै मुख्यमन्त्री जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका हुन् ।

पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेको भन्दै उनले त्यसको कुनै तुक नरहेको बताए । 'यो व्यवस्था हजारौं शहीदहरूको रगतले ल्याएको हो,' उनले भने, 'पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेका छन् । सडकमा चिच्याउँदै छन् । हचुवाको भरमा कराउँदै हिड्नुको कुनै तुक छैन ।'

salt training

कमेन्ट गर्नुहोस्