बलिउड अभिनेता विक्की कौशल र सारा अली खानको नयाँ फिल्म जरा हटके जरा बचकेको ट्रेलर सोमवार सार्वजनिक भएको छ ।
विवाहसम्बन्धी कथामा बनेको फिल्ममा विक्की र साराले पतिपत्नीको भूमिका निर्वाह गरेका छन् ।
फिल्मको लोकेशन इन्दौर हो । विक्कीले कपिल अनि साराले सौम्याको भूमिका निर्वाह गरेका हुन् ।
दुईजनाको रोमान्सबाट शुरू भएको कथामा विवाहपछि रोमान्स सकिँदै गएको देखाइन्छ । पछि डिभोर्ससम्मको स्थिति आउँछ ।
ट्रेलरमा विक्की र साराको रोमान्टिक अभिनय देखिन्छ ।
फिल्ममा राकेश बेदी, शरिब हाशमी, नीरज सूद लगायतका कलाकार छन् । यो फिल्म जुन २ मा सार्वजनिक हुनेछ ।