असोज १३, २०८०
सुर्खेतमा आठ वर्षीय बालक मृत फेला परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-६ स्थित उषा बालबाटिका माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत आठ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका हुन् । उनी विद्यालयको होस्टे...
जेठ १, २०८०
पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आइतवार पक्राउ परे ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका रायमाझी आइतवार बेलुका करीब ९ बजे बुढानीलकण्ठस्थित साथीको घरबाट पक्राउ परेका थिए ।
पक्राउ पुर्जी जारी भएलगत्तै ‘म काठमाडौं जाँदैछु’ भनेर अर्घाखाँचीबाट हिँडेका उनी फिल्मी शैलीमा गायब भएका थिए ।
पूर्वमन्त्री एवं बहालवाला सांसद प्रहरीलाई छक्याएर भागेको विषय सर्वाधिक चासो र आलोचनाको केन्द्रमा थियो । कतिपयले प्रहरीले नै भगाएको आरोप पनि लगाए ।
रायमाझी प्रशासनको आँखा छलेर फरार भएदेखि पक्राउ पर्दासम्मको कहानी निकै रोचक छ ।
यसबीचमा उनी द्वन्द्वकालमा ‘सेल्टर’ लिएको अनुभव प्रयोग गर्दै आफूहरूलाई छक्याउन सफल भएको प्रहरी अधिकारीहरू स्वीकार्छन् ।
सभामुख देवराज घिमिरेसहितको कार्यक्रममा सहभागी भएपछि अर्घाखाँचीबाट बुटवल झरेका रायमाझीले वैशाख २० गते साँझ भैरहवाबाट काठमाडौं आउनका लागि टिकट काटेका थिए ।
उनी आउने प्रतीक्षामा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी)सहितको टोली तयारी अवस्थामा थियो ।
त्यसबीचमा टोपबहादुरले प्रहरी नेतृत्वलाई नै फोन गरेर ‘म आफैं आउँदैछु’ भन्ने जानकारी गराएपछि उक्त टोली ‘ब्याक’ भयो ।
यसबीचमा प्रहरीले टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको थियो । तर, टोपबहादुरले टिकट रद्द गरेर फोन समेत अफ गरेपछि घटनाले नयाँ मोड लियो ।
प्रहरीले उपप्रधानमन्त्री समेत भइसकेका र सँगै पीएसओसमेत रहेका नेता यसरी भाग्लान् भन्ने सोचेको पनि थिएन ।
२१ गते पीएसओसहित टोपबहादुरको गाडी भैरहवाबाट काठमाडौंका लागि हिँड्यो । उनी त्यसमा आएको भन्ने सूचनाका आधारमा प्रहरीको एउटा टोलीले त्यसलाई पछ्याइरह्यो । तर, उनी राति नै फरार भइसकेका थिए ।
प्रहरी स्रोतका अनुसार टोपबहादुर त्यहाँबाट पाल्पा, स्याङ्जा हुँदै पोखरा पुगेको पाइएको छ । यसक्रममा पोखरा घर भएका खड्का थरका एक व्यक्तिले उनलाई सघाएको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् ।
यसबीचमा प्रहरीको ध्यान भड्काउन टोपबहादुरले एउटा चलाखी गरे । आफूले बोक्ने फोन ती खड्का थरका व्यक्तिको साथमा भैरहवाबाट भारतीय सीमा नाकातर्फ पठाए । प्रहरीले लोकेसन ट्र्याक गर्दा भारत गएको देखियोस् भन्ने उनको चलाखी थियो ।
टोपबहादुर भागेपछि देशैभरी तत्काल ‘अलर्ट’ जारी गरिएको थियो । तर उनी एम्बुलेन्स प्रयोग गरेर पोखरा पुगेको पाइएको उनलाई पक्राउ गर्न खटिएका एक अधिकारीले लोकान्तरलाई बताए ।
‘उहाँ (टोपबहादुर)ले यतिसम्म चलाखी गर्नुभयो कि प्रहरीले भारतमा रहेको भन्नेतर्फ आफ्नो सबै अनुसन्धान मोडेको थियो,’ ती अधिकारीले भने ।
मोबाइल लगायत डिभाइस नबोकी एकसरो लुगाफाटोको भरमा हिँडेका टोपबहादुरलाई पत्ता लगाउनु सजिलो विषय पक्कै थिएन ।
टोपबहादुरको मोबाइल बोकेर भारत गएका खड्का थरका व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएपछि टोपबहादुर नेपालमै रहेको पुष्टि भएको थियो ।
तिनै व्यक्तिको सहयोगमा प्रहरी पोखरास्थित टोपबहादुर रहेको लोकेसन पत्ता लगाउन सफल भयो । बिहीवार प्रहरी टोली पोखरास्थित खड्काको घरमा पुग्दा टोपबहादुर त्यहाँ भेटिएनन् । उनी त्यहाँबाट हिँडिसकेका रहेछन् ।
प्रहरीको लामो समयदेखिको एउटा मेहनत यहीँ खेर गयो । प्रहरीले नयाँ हिसाबले खोजी कार्यलाई जारी नै राखेको थियो ।
यसबीचमा फेरि एउटा सूचना आयो– टोपबहादुर काठमाडौंको बुढानीलकण्ठस्थित नारायण पौडेलको घरमा छन् ।
टोपबहादुर र नारायणबीच जनयुद्धकालदेखि नै चिनजान रहेको सूचना प्रहरीलाई पुगेको थियो । प्रहरीले टोपबहादुर बुढानीलकण्ठमा रहेको पुष्टि गर्न प्राविधिकसहित सम्पूर्ण अनुसन्धान गर्यो ।
अनुसन्धानका क्रममा पत्ता लाग्यो– पोखराबाट रायमाझी वैशाख २९ गते एम्बुलेन्समार्फत धादिङको गल्छीसम्म आएका रहेछन् ।
‘गल्छीमा एकछिन रोकिएको एम्बुलेन्स सिधै काठमाडौं आएछ, तर नागढुंगा नाकाबाट काठमाडौं छिर्दा टोपबहादुर त्यसमा रहेनछन्,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘गल्छीबाट नुवाकोटको विदुरतर्फ गई त्यहाँबाट काठमाडौं आएको पाइयो ।’
यसबीचमा प्रहरीले नारायणसँग सम्पर्क गरी टोपबहादुरबारे सोधपुछ समेत गर्यो । तर, उनले आफूलाई केही थाहा नभएको बताए । टोपबहादुर उनकै घरमा रहेको आशंकाचाहिँ प्रहरीलाई थियो ।
अनुसन्धानका क्रममा खुल्यो नारायण प्रहरीका एक उच्चपदस्थ अधिकारीका ‘क्लास मेट’ रहेछन् । उनकै सहयोगमा नारायणको घर पत्ता लगाउन मुस्किल परेन ।
यो अपरेसन यति गोप्य थियो कि यस प्रकरणको अनुसन्धान गरिरहेका अधिकारीहरूलाई समेत जानकारी दिइएको थिएन ।
प्रधानमन्त्रीको निरन्तर चासो
नक्कली शरणार्थी प्रकरणका विभिन्न पाटोहरू सार्वजनिक भइरहँदा वर्तमान सरकारका लागि यो ‘गर या मर’को विषय बनेको छ ।
त्यसमाथि पनि आफ्ना पूर्व सहकर्मी फरार हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि ठूलै दबाब थियो ।
‘उहाँले टोपबहादुरलाई कसरी पक्राउ गर्न सकिन्छ ? उनी कहाँ छन् ? भन्ने लगायतका विषयमा निरन्तर चासो राखिरहनुभएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘भारततर्फ भागेको भन्ने सूचना आउँदा भारतीय पक्षसँग समन्वयका लागि समेत भूमिका खेल्नुभएको थियो ।’
यस प्रकरणमा भारतीय प्रहरीको पनि सहयोग रहेको टोपबहादुर पक्राउका लागि खटिएका प्रहरी अधिकारीहरू बताउँछन् ।
‘काउन्टरपार्ट (भारतीय प्रहरी)को सहयोग विशेष रह्यो, त्यहाँबाट सहयोग नभएको भए उहाँ (टोपबहादुर)लाई पक्राउ गर्न निकै कठिन हुन्थ्यो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
टोपबहादुर नेपालमै रहेको र भारतबाट प्रहरीलाई झुक्याउनका लागि प्राविधिक उपस्थिति देखाउने प्रयास गरेको जानकारी पाएपछि नै प्रहरी टोपबहादुरनजिक पुगेको थियो ।
सुर्खेतमा आठ वर्षीय बालक मृत फेला परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-६ स्थित उषा बालबाटिका माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत आठ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका हुन् । उनी विद्यालयको होस्टे...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा नेताहरूबीच भनाभन भएको छ । शुक्रवार संसदीय दलको कार्यालयमा बसेको बैठकमा विवाद हुँदा बैठक पुस्तिका (माइन्युट) खोसाखोस भएको खुलेको छ । दलका नेता उद्धव ...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...