२१ जेठ २०८३, बिहीबार

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा
फाइल फोटो

साझा यातायातले सोमवारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ ।

साझाले सोमवारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो ।

सेवाको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे । यसअघि परीक्षणका रूपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिँदै आएकोमा आजबाट थप ३ वटा बस सञ्चालनमा ल्याएको हो ।

सोमवारबाट सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजना छ । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले बाँकी आगामी दिनमा थप्दै जाने र सेवालाई थप व्यवस्थित बनाउने योजना रहेको बताए ।

चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५ हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो । चार्जिङ स्टेसनको अभावमा ४० मध्ये ६ वटा विद्युतीय बस मात्र सञ्चालित छन् । ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्