
काठमाडौं, २० भदौ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढी पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले रु. एघार लाखको र्आिर्थक सहायता प्रधानमंत्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरेको छ ।
यसैको निरन्तरता स्वरूप बाढी पिडितहरुको उद्दार तथा राहतको उदेश्यले सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोध राज देवकोटाज्युले महोतरी जिल््लाको मटीहानीका बाढी पीडितहरुलाई रू पाँँच लाख बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गर्नु भएको छ ।
बैंकले ५०० परिबारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा राहत वितरण कार्यक्रम गरिएको थियो । । यस अघि पनि बैंकले महाभूकम्पका पिडितहरुलाई र्आिर्थक सहयोग स्वरुप एक करोड सो कोषमा प्रदान गरेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिनुभयो ।