०३ असार २०८३, बुधबार

श्रीलङ्काबाट ८० भारतीय माझी मुक्त

कात्तिक २०, २०७४
श्रीलङ्काबाट ८० भारतीय माझी मुक्त
नयाँ दिल्ली, २० भदौ - श्रीलङ्का सरकारले कम्तीमा ८० जना भारतीय माझीलाई मुक्त गरेको छ । मु्क्त गरिएका ती माझीहरु दक्षिण श्रीलङ्काली राज्य तामिल नाडु पु-याइएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 


श्रीलङ्काको जेलबाट मुक्त भएका आठजना माझी भने गएराति नै आ–आफ्नो घर फर्किएका चेन्नइस्थित एक सरकारी अधिकारीले जानकारी दिएका छन् । 

तामिल नाडु राज्यबाट आएका ती माझीहरुलाई नागाई जिल्ला प्रशासन र ती माझीहरुका आफन्तजनले काररैकाल निजी बन्दरगाहमा स्वागत गरेका बताइएको छ । 

श्रीलङ्काली नौ सेनाले ती सवै माझीहरुलाई अन्तर्राष्ट्रिय सामुद्रीक सीमा भारतीय तटीय गार्डसमक्ष जिम्मा लगाएको छ । 

ती माझीहरुलाई श्रीलङ्काले भारतसँगको मित्रवत व्यवहारको कारण मुक्त गरेको बताएको छ । अब ती सबै माझीहरुलाई आ–आफ्नो घर पठाइने पनि आधिकारीहरुले जानकारी दिएका छन् । 

मुक्त भएका ती माझीहरुले स्थानीय सरकारलाइ आफूहरु पक्राउ पर्दा कब्जामा लिइएको माछा मार्ने डुङ्गा पनि पाउँभनी आग्रह गरेको छ । 

श्रीलङ्कामा गैरकानुनी रुपमा बारम्बार भारतीय माझीहरु सामुद्रिक जलक्षेत्रमा प्रवेश गरेका कारण पक्राउ पर्ने गरेका छन् । रासस/सिन्ह्वा 

salt training

कमेन्ट गर्नुहोस्