
तनहुँमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिकामा –८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।
मकै खान आएको भालु धपाउन जाँदा विकलाई भालुले आक्रमण गरेको हो । आक्रमण लगत्तै भालु भागेको थियो ।
घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगेका थिए ।
विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ।