०६ असार २०८३, शनिबार

अनौठा होटल : ओछ्यान सुनको, एक रात सुतेको ५० लाख

कात्तिक २०, २०७४
अनौठा होटल : ओछ्यान सुनको, एक रात सुतेको ५० लाख
सुनको भाउ यति धेरै छ कि एक तोलो किन्न समेत आधा लाख खर्च गर्नु पर्छ । तर विश्वमा यस्ता अनौठा स्थान छन् जहाँ सुनको खाट छन् ।

तपाईं विश्वास गर्नु हुन्न होला तर अमेरिकामा एउटा यस्तो होटल छ जहाँ सुनको लेपन गरिएका ओछ्यानहरु छन् । ती खाटमा २४ क्याट सुनको लपन लगाइएका छन् । टोय वार्नर होटलको नामले चिनिएको यो होटल अमेरिकामा रहेको छ ।

अमेरिकाको सबैभन्दा महंगो होटलको रुपमा रहेको टोय वार्नरमा एक रात बिताउन चाहनुहुन्छ भने तपाईंसँग झण्डै ४९ लाख रुपैयाँ चाहिनेछ ।

म्यानहटनको रहेको यो होटलबाट पूरै सहरको दृश्यावलोकन गर्न सकिन्छ । यो होटलको अर्को रोचक कुरा त के भने यसले आफ्ना सबै ग्राहकलाई बसुन्जेल निजी सहायक अर्थात् पिए समेतको व्यवस्था गर्छ । त्यस्तै एक ड्राइभर र गाडि पनि । जसले पूरै सहर घुमाउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्