जेठ १७, २०८०
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ । राष्ट्रपति पौडेलबाट चौधरीलाई...
जेठ ४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्चको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी बिहीवार प्रतिनिधिसभा बैठकमा गरे ।
रास्वपा सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफमा प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतसँग सम्बन्धित रहेको बताएका थिए ।
'सर्वोच्च अदालतको फैसलालाई कुनै हिसाबले पुनरावेदन गरेपछि त्यसलाई खुला गरेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने मेरो मान्यता छ,' प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
प्रधानमन्त्रीको उक्त दाबीपछि सामाजिक सञ्जालमा यस विषयलाई लिएर चर्चा परिचर्चा भइरहेको छ ।
मधेश प्रदेश सरकारका पूर्व मुख्यन्यायाधिवक्ता समेत रहेका दीपेन्द्र झाले प्रधानमन्त्रीको दाबीका सम्बन्धमा प्रश्न उठाउँदै सर्वोच्चको एउटा परमादेश नै फेसबूकमा राखे ।
झाले फेसबूकमा राखेको परमादेशमा लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नू भनेर भनिएको छैन । बरु 'सूचना दिनुपर्ने कि नपर्ने भन्ने विषयमा ३ महिनाभित्र निर्णय गर्नू' भनी सूचना आयोगलाई आदेश गरिएको छ ।
२०७६ असोज ३० गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले उक्त परमादेश गरेको थियो ।
सर्वोच्चको आदेशको अंश :
तीन महिनाभित्र निर्णय गर्नु भने पनि सूचना आयोगले तत्कालीन अवस्थामा कुनै निर्णय गरेन ।
संवेदनशील परिस्थिति रहेको र उक्त प्रतिवेदन हेरेपछि कुनै निर्णय लिनैपर्ने भएकाले तत्काल निर्णय नगरी त्यसलाई तामेलीको अवस्थामा राखेको एक तत्कालीन आयुक्तले लोकान्तरसँग बताए ।
'सूचना हेरेपछि कुनै निर्णय लिनैपर्ने अवस्था थियो, तत्कालीन अवस्थामा प्रतिवेदन सार्वजनिक हुँदा मधेशी/पहाडीबीच साम्प्रदायिक सद्भाव खल्बलिने परिस्थिति बुझेपछि हामीले प्रतिवेदन नै नहेरी त्यसलाई तामेलीको अवस्थामा राखेका थियौं,' ती पूर्व आयुक्तले लोकान्तरसँग भने ।
यसरी निर्णय नलिनुको अर्को कारण थियो, तत्कालीन आयुक्तहरू आफ्नो कार्यकालको अन्तिम चरणमा थिए ।
आयोगमा नयाँ आयुक्तहरू आएपछि २०७८ फागुन ५ गते सूचना उपलब्ध गराउनुपर्ने आदेश भयो । आयोगले 'मागेको सूचना ६० दिनभित्र उपलब्ध गराउनू' भनेर प्रधानमन्त्री कार्यालयलाई आदेश गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना दिन नमिल्ने जिकिरसहित आयोगको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुग्यो ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले आयोगको आदेश कार्यान्वयनमा रोक लगाउने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ बताउँछन् ।
'त्यस मुद्दामा विपक्षीका रूपमा हामीले लिखित जवाफ समेत पेश गरेका छौं,' गुरुङले लोकान्तरसँग भने, 'तर, महान्यायधिवक्ताको कार्यालयले हाम्रो पक्षमा बहस गरिदिन मानेन । वकिल राखेर मुद्दा लड्न बजेट भएन । पछि हामीले वकिल राख्नकै लागि सञ्चार मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ५ लाख बजेट माग गरेका छौं, तर बजेट नआउँदा वकिल राख्न सकिएको छैन ।'
उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रधानमन्त्रीले यही अल्पकालीन अन्तरिम आदेशका आधारमा प्रतिवेदन सार्वजनिक गर्न नमिलेको जिकिर गरेका हुन् ।
मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिका सम्बन्धमा उच्चस्तरीय छानबिनका लागि सरकारले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।
वर्षौं बित्दा पनि उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।
प्रतिवेदन सार्वजनिक भएमा टीकापुरसहितका घटनाले राजनीतिक आन्दोलनको मान्यता पाउने अपेक्षासहित नागरिक उन्मुक्ति तथा तराई-मधेशकेन्द्रित दलहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन् ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ । राष्ट्रपति पौडेलबाट चौधरीलाई...
उच्च अदालत पोखराले फेवा तालको सिमसार क्षेत्र पुर्ने काम रोक्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजालासले बिहीवार फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको...
टीकापुर घटनामा दोषी ठहर भई राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीको रिहाईविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले मंगलवार चौधर...
संसदीय सुनुवाइ समितिको पहिलो बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले कार्कीविरुद्ध १० दिनभित्...
बलात्कार अभियोगमा २० लाख रुपैयाँमा धरौटी तारेखमा छुटेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइका लागि पटक–पटक पेशी तोकिए पनि अझै अन्तिम सुनुवाइ हुन सकेको छैन । २०७९ कात्तिक १५ गते काठ...
नेपाल बार एशोसिएशनले टिकापुर घटनाका दोषी रेशम चौधरीको रिहाइलाई लिएर आपत्ति जनाएको छ । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै सरकारको सिफारिसमा टीकापुर घटनासँग सम्बन्धित व्यक्तिहरूलाई राष्ट्रपतिबाट माफी मि...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...