०४ साउन २०८३, सोमबार

बेलायती महारानीको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

जेठ ५, २०८०
बेलायती महारानीको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले जनाएको छ ।

गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो ।

लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उनको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध हजारौं मानिसहरूले लामो समयसम्म लामबद्ध भएर हेरेका थिए ।

अर्थमन्त्री जोन ग्लेनले संसदलाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड १७ लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा आन्तरिकमामिला मन्त्रालय अन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको बताएका छन् । त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख पाउड खर्च गरेको बताइएको छ भने स्कटिश सरकारले एक करोड ८८ लाख खर्च गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्